एक दिने अन्तरक्रिया कार्यक्रम सम्पन्न
डडेल्धुरा, २९ असार
वातावरण, स्वास्थ्य, सरसफाई र डिजिटाइजेसेन सम्बन्धि एक दिने अन्तरक्रिया कार्यक्रम शुक्रबार डडेल्धुरा बहुमुखी क्याम्पसमा सम्पन्न भएको छ ।
त्रिभुवन विश्वविद्यालय योजना निर्देशनालयको सहयोगमा डडेल्धुरा बहुमुखी क्याम्पस श्रोत व्यवस्थापन इकाईले आयोजना गरेको अन्तरक्रिया कार्यक्रमका प्रमुख अतिथी डडेल्धुरा बहुमुखी क्याम्पसका प्रमुख गंगादत्त उप्रेती अथितिमा सहायक क्याम्पस प्रमुख, लाल बहादुर बुढा विभिन्न विभागका विभागिय प्रमुख र स्व.वि.यु. सभापती दुर्गा प्रसाद भट्ट रहनु भएको थियो । उक्त कार्यक्रम संचालन उप-प्राध्यापक पुष्प राज जोशीले गर्नु भएको थियो
उप-प्राध्यापक टेकराज पनेरुको सभापतित्वमा सम्पन्न कार्यक्रमका प्रस्तुतीकरण कर्ताले जलवायु परिवर्तनको असरका कारण वातावरण प्रदुशित बन्दै गएको र यसको प्रतक्ष्य असर मानव स्वास्थ्यका लागि चुनौतीपुर्ण बनिरहेको बताउनु भयो । पर्यावरण संरक्षणमा पहल नथालिएमा विपन्न मुलुकहरुका लागि अगामी दिनहरु अझ बढि संकटग्रस्त हुनसक्ने भन्दै वातवरण संरक्षण सम्वद्र्धनसँगै मानव स्वास्थ्य र सरसफाईमा जोडदिन आवश्यक रहेको औल्याएका छन ।




